Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

क्यानको जनरल म्यानेजरमा उत्सव ढुंगाना नियुक्त


सारांश

क्यानको जनरल म्यानेजरमा उत्सव ढुंगाना नियुक्त
images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजरमा उत्सव ढुंगानालाई नियुक्त गरेको छ । 

क्यानले सोमबार एक विज्ञप्तिमार्फत सबै प्रक्रिया पूरा गरी जनरल म्यानेजरमा ढुंगानालाई नियुक्त गरेको जनाएको हो । 

जनरल म्यानेजरका लागि क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलको छनोट समितिले नयाँ जनरल म्यानेजर छनोट गरेको हो । 

आवेदन भरेका कुल ६८ जनामध्येबाट १४ जनालाई सर्टलिसुट गरी सात जनासँग अन्तर्वार्ता गरी ढुंगानालाई छनोट गरिएको क्यानले जनाएको छ । क्यानले यसअघि पहिलोपटक जनरल म्यानेजरको आवेदन भरेका सातजनालाई पनि दोस्रोपटकको आवेदनमा समेटेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij