Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी सन्दीपलाई गर्‍यो क्यानले निलम्बन


सारांश

कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी सन्दीपलाई गर्‍यो क्यानले निलम्बन
images

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोग प्रमाणित भएका राष्ट्रिय टिमका स्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । 

क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण भइसकेकाले सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको जनाएको छ ।

सन्दीपलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले बुधबार आठ वर्षको कैद, तीन लाख क्षतिपुर्ति र दुई लाख पीडितलाई जरिवाना गरी पाँच लाख रुपैयाँ तिर्नुपर्ने सजाय सुनाएको थियो । पुस १३ गते नै अदालतले सन्दीपलाई दोषी ठहर गरेको थियो । सजाय बुधबार तोकिएको हो ।

सन्दीप पक्षका वकिलले भने जिल्ला अदालतको फैसलामा असन्तुष्टि व्यक्त गर्दै उच्च अदालत जाने बताइसकेका छन् । सन्दीपले पनि बलात्कार मुद्दामा सफाइ नपाएसम्म खेल जीवनबाट अलग बस्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij