Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

प्रधानमन्त्री कप सुरु


सारांश

प्रधानमन्त्री कप  सुरु
images

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिप  आजबाट सुरु हुने भएको छ । आजदेखि सुरु प्रधानमन्त्री कप क्रिकेट माघ २० गतेसम्म सञ्चालन हुने तालिका छ ।

पहिलो दिन आज नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबीच टीयू मैदानमा पहिलो खेल हुनेछ । कोसी र मधेस प्रदेशबीच मुलपानी मैदानमा र लुम्बिनी र गण्डकी प्रदेशबीच सिद्धार्थ मैदानमा खेल हुनेछ ।

प्रतियोगिताको यस संस्करणमा तीन विभागीय र सात प्रदेशसहित दश टिमले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताका लिग चरणका खेलहरू त्रिवि क्रिकेट मैदान, मुलपानी र सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा हुनेछ । प्रतियोगिता एकदिवसीय संरचनामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij