Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यू-१९ विश्वकप : आइसिसीको 'प्लेयर्स टु वाच'मा चार खेलाडी


सारांश

यू-१९ विश्वकप : आइसिसीको 'प्लेयर्स टु वाच'मा चार खेलाडी
images

काठमाडौं । आइसिसी यू-१९ विश्वकप आगामी शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरू हुँदैछ। १६ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपाल समूह 'डी' मा छ। 

सन् २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्न लागेको नेपालले समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 

आइसिसीले आइतबार सहभागी १६ वटै टिमका 'प्लेयर्स टु वाच' को नाम सार्वजनिक गरेको छ। जसमा नेपाली टिमबाट कप्तान देव खनाल, अलराउन्डरद्वय गुल्सन झा र दुर्गेश गुप्ता तथा ब्याटर अर्जुन कुमाललाई समावेश गरेको छ।

आइसिसीले देव खनाल र गुल्सन झासँग सिनियर टिमसँगको अनुभव रहेको उल्लेख गर्दै टिममा रहेका अरु खेलाडीलाई खनाल र झाबाट प्रेरणा मिल्ने लेखेको छ।

साथै अर्जुन कुमालले वाम अफ खेल र यू-१९ एसिया कपमा उत्कृष्ट खेलेको उल्लेख गर्दै विश्वकपमा हेर्न लायक खेलाडीमा समावेश गरेको छ। यस्तै दुर्गेश गुप्ता जुनियर घरेलु प्रतियोगितामा उत्कृष्ट खेल देखाएकोले उनलाई नेपालको हेर्नलायक सूचीमा आइसिसीले समावेश गरेको छ।

नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी, आकाश चन्द

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij