Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

बलराम मित्र सम्मानित


सारांश

बलराम मित्र सम्मानित
images

काठमाडौं । विश्व कराते महासंघका निर्णायक बलराम मित्र प्रधानमन्त्रीबाट सम्मानित भएका छन् । नेपाल वादोरियो कराते डो संघद्वारा काठमाडौंम आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णायक मित्रलाई सम्मान प्रदान गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले मित्रलाई खेल सामग्रीहरू समेत हस्तान्तरण गरेका थिए भने विश्व कराते महासंघका जज बलराम मित्रले सम्पूर्ण निर्णायकहरुकाे तर्फबाट सपथ ग्रहण लिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने– ‘नेपाल अपार सम्भावना भएको देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसंग प्रशस्त सम्भावनाहरु छन् । ति मध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र भनेको खेलकुद क्षेत्र नै हो । खेल आजको दुनियामा बहुआयामिक सम्भावना भएको क्षेत्र हो ।’

419155320_1029471428161939_3544187547506903688_n.jpg

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट रंगशाला, भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशाला र मोरङको वैजनाथपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी खेलकुदलाई पहिलो पटक राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेकोमा नेपाल सरकार र सम्माननीय प्रधानमन्त्रीज्यू प्रति सिंगो खेल क्षेत्रको तर्फबाट हार्दिक आभार प्रकट गरे ।

आयोजक संघका अध्यक्ष हरिशरण केसीले वादोरियो कराते संघको गरेको गतिविधिबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij