Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यू-१९ विश्वकप : आज नेपालले न्युजिल्यान्डको सामना गर्दै


सारांश

यू-१९ विश्वकप : आज नेपालले न्युजिल्यान्डको सामना गर्दै
images

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१६ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा आज टेस्ट टोली न्युजिल्यान्डसँग खेल्दैछ । खेल वेस्ट लन्डनमा सुरु हुनेछ ।

नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।

नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।

न्युजिल्यान्डको टोली :

टम जोन्स, जेम्स नेल्सन, लाचलान स्टकपोल, एलेक्स थोमप्सन, ओस्कर ज्याक्सन (कप्तान), ज्याक कमिङ, ओलिभर टेवाटिया, म्याट रवे, इवाल्ड श्रेडर, रयान त्सोगर्स, ल्यूक वाटसन, मासन क्लार्क, साम क्लोड, स्नेहिथ रेड्डी र रबी फोल्क्स ।

नेपालको टोली :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश कंडेल विशालविक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij