सारांश
एजेन्सी / पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासर जाने भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि कुनै प्रस्ताव नआएपछि रोनाल्डो अल नासर जाने युरोपेली संचारमाध्यमले जनाएका छन् ।
रोनाल्डोलाई अल नासरले कुल ७ वर्षको सम्झौता गर्ने तयारी गरेको छ । यस अनुसार ३ वर्ष खेलाडीको भूमिकामा र ४ वर्ष सद्भावना दुतको रुपमा उनले समय बिताउनेछन् । रोनाल्डोले यसका लागि मौखित सहमति गरेको र अब पूर्ण लिखित सहमति केहि दिनमा हुने बुझिएको छ ।