सारांश
काठमाडौं । बलिङमा आकाश चन्द र ब्याटिङमा देव खनाल कप्तानी इनिङ खेलेपछि अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ ।
अफगानिस्तानलाई हराउँदै दुई अंक जोडेपछि नेपालले समूह ‘डी’ को तेस्रो स्थानमा पक्का गर्दै सुपर सिक्स यात्रा तय गरेको हो ।
शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।
अफगानिस्तानका बलर अरब गुलले ४५औँ ओभरको पहिलो बल वाइड फ्याकेपछि खेल ‘टाई’ भएको थियो । जितका लागि एक रन आवश्यक हुँदा सोही ओभरको चौथो बलमा सुवास भण्डारीले चौका प्रहार गर्दै नेपालको रोमाञ्चक जित निश्चित गरे ।