सारांश
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको तलब भत्ता एक वर्षमा १६ लाख ४२ हजार ८५२ रुपैयाँले बढेको छ ।
नेपाल राष्ट्रले सार्वजनिक गरेको वार्षिक विवरणानुसार गत आर्थिक वर्षमा गभर्नर अधिकारीले तलब भत्ताबापत ४९ लाख पाँच हजार २५५ रुपैयाँ बुझेका थिए । त्यसमध्ये तलबबापत १४ लाख १८ हजार ४००, सञ्चालक समिति भत्ताबापत तीन लाख पाँच हजार तथा अरू भत्ता एवं सुविधाबापत ३१ लाख ८१ हजार ८५५ रुपैयाँ बुझेका थिए ।