Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

डाइभ हानेपछि नेयमारलाई रातो कार्ड


सारांश

डाइभ हानेपछि नेयमारलाई रातो कार्ड
images

एजेन्सी / ब्राजिलियन फरवार्ड नेयमारले पेनाल्टी क्षेत्रभित्र पेनाल्टी पाउन डाइभ हानेपछि रातो कार्ड खाएका छन् । फ्रान्सेली लिग वनमा स्ट्रासबर्गविरुद्ध बुधबार भएको खेलमा नेयमार मैदानबाट बाहिरिनुपरेको थियो ।

दुई मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै नेयमार मैदानबाट बाहिरिँदा पिएसजी खेलमा दवावमा परेको थियो । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई २–१ को रोमाञ्चक जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको लेन्सको ३६ अंक छ । पराजित स्टार्सवर्ग ११ अंक जोडेर १९औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij