Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड: विजेतालाई खेलकुद बिमा


सारांश

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड: विजेतालाई खेलकुद बिमा
images

काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २० औं सँस्करणको विजेताहरुलाई युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंया बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ ।

माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बाहेक ८ विधाका विजेताहरुलाई युनाइटेड अजोडले एक वर्षको लागि सो पोलिसी प्रदान गर्ने नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले जनाएको छ ।

युनाइटेड अजोड पल्सर स्पोर्टस अवार्डको यसवर्षको इन्स्योरेन्स पार्टनरको रुपमा रहनेछ । एनएसजेएफ र युनाइटेड अजोड इन्स्योरेन्स प्रालीबीच सम्झौता भएको छ । सम्झौता पत्रमा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर गरे ।

सम्झौतापछि सिइओ रावलले नेपालमा भर्खरै सुरु भएको खेलकुद बिमा पोलिसीलाई संस्थागत गर्न यो सहकार्यले सहयोग पुग्ने विश्वास लिएको बताए । एनएसजेएफका अध्यक्ष सुवेदीले नेपालकै प्रतिष्ठित विमा कम्पनी संग सर्वोकृष्ट खेलकुद अवार्ड कार्यक्रम जोडिन पाउँदा खेलाडीहरु थप लाभान्वित हुने बताए ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ। त्यस बाहेक पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij