Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आज मेस्सी र रोनाल्डो भिड्दै


सारांश

आज मेस्सी र रोनाल्डो भिड्दै
images

एजेन्सी । विश्व फुटबलका महान खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आबद्ध क्लबबिच बिहीबार राति आपसमा भिडन्त हुँदैछ ।

मेस्सीको क्लब इन्टर मियामी र रोनाल्डोको क्लब अल नासरबिच बिहीबार राति साउदी अरेबियामा आपसमा भिडन्त हुन लागेको हो । खेल राति ११ः४५ बजे सुरु हुनेछ ।  

पहिले यी दुबै महान खेलाडी स्पेनिस क्लबबाट ब्यवसायीक फुटबल खेल्थे । ३८ वर्षीय रोनाल्डो रियल म्याड्रिडबाट र ३६ वर्षीय मेस्सी बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्थे । त्यतिबेला भने यी दुई खेलाडी समय–समयमा एक–अर्काविरुद्ध मैदानमा ओर्लन्थे ।
 
तर, लामो समयदेखि यी दुई प्रभावशाली फुटबलर मैदानमा एक–अर्काविरुद्ध ओर्लिएका छैनन् । मेस्सी बार्सिलोनाबाट फ्रान्सेली क्लब हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । उनी सन् २०२३ मा अमेरिकी ब्यवसायीक लिग खेल्न इन्टर मियामी पुगेका हुन् ।
 
अर्कोतिर, रोनाल्डो पनि रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्ट्स र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड हुँदै हाल साउदी अरेबियन क्लब अल नासरमा आबद्ध भएका छन् । उनी साउदी अरेबियाको ब्यवसायीक लिग खेल्न सन् २०२३ मा अल नासरमा आबद्ध भएका हुन् ।
 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij