Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड : वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक


सारांश

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड : वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक
images

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औँ संस्करणका निम्ति वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ ।

आइतबार मञ्चले वर्ष पुरुष र महिला खेलाडीको मनोनयनमा पर्न सफल उत्कृष्ट आठको नाम सार्वजनिक गरेको हो । वर्ष २०७९ मा गरेको प्रदर्शनका आधारमा खेलाडी मनोनयन गरिएको आयोजकले जनाएको छ ।

अवार्डका निम्ति पुरुषतर्फ क्रिकेटका आसिफ सेख, एथ्लेटिक्सका दीपक अधिकारी र मुकेश पाल, भलिबलका मानबहादुर तामाङ, पौडीका नासिर याहा हुसैन, क्रिकेटका रोहित पौडेल, बुद्धिचालका रुपेश जैसवाल र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।

महिलातर्फ फुटबलकी अमिशा कार्की, बास्केटबलकी अनुशा मल्ल, पौडीकी डुवाना लामा, एथ्लेटिक्सकी जयरानी थारु, जुडोकी पुनम श्रेष्ठ, एथ्लेटिक्सकी पुष्पा भण्डारी, एथ्लेटिक्सकै राजपुरा पछाई र ट्रायथलनकी श्रेवी महर्जन मनोनयनमा परेका छन् ।

यसअघि, पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।

मञ्चले वर्षका उत्कृष्ट युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिटै सार्वजनिक गरिने जनाएको छ ।

पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा माघ २८ गते कार्यक्रमकै दिन गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij