Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेपाल यू-१९ महिला साफ च्याम्पियनसिपबाट बाहिरियो


सारांश

नेपाल यू-१९ महिला साफ च्याम्पियनसिपबाट बाहिरियो
images

काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतसँग ४-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफ शून्यको बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा भारतले ४ गोल गरेको हो ।

भारतका लागि खेलको ५४ औं मिनेट र ८१ मिनेटमा नेहाले गोल गरिन् । ८६ औं मिनेटमा सुलन्जना राउलले र त्यसपछि सिन्डी कोनीले गोल गर्दै नेपाललाई ४–० ले पछि पारिन् ।

यो हारसँगै चार टिम सम्मिलित प्रतियोगितामा भुटान र नेपाल बाहिरिएका छन् ।

भारतले बिहीबार घरेलु टिम बंगलादेशसँग फाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij