सारांश
काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।
नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो ।
आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।
क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृंखलाअघि नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय शृंखलाका लागि क्यानडालाई निम्ताएको हो । अब नेपालले शनिबार दोस्रो र सोमबार शृंखलाको तेस्रो खेल खेल्नेछ ।