Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एकदिवसीय सिरिज : आज नेपाल र क्यानडाको अन्तिम खेल हुँदै


सारांश

एकदिवसीय सिरिज : आज नेपाल र क्यानडाको अन्तिम खेल हुँदै
images

काठमाडौं । एकदिवसीय शृंखलाको तेस्रो खेलमा आज नेपाल क्यानडाविरुद्ध खेल्दै छ । खेल त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि शनिबार र बिहीबार भएको पहिलो र दोस्रो खेलमा नेपाल विजयी भएको थियो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । 

बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनाउँदा नेपालको जित सुनिश्चित भएको थियो ।

दुई खेलमा जित हात पारेसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितिसकेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij