Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विश्व फुटबलका लेजेन्ड पेलेको निधन


सारांश

विश्व  फुटबलका  लेजेन्ड पेलेको निधन
images

एजेन्सी / विश्व तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।

पेले पछिल्लो केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्याद्सदर समेत देखिएको थियो। क्यान्सरकै केमो थेरापीका लागि उनी पछिल्लो एक महिनायता अस्पतालमा रहेका थिए ।

पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनकी छोरी केलि नासिमेन्तोले बिहिबार राति एक तस्बिर पोस्ट गर्दै बुवाको निधन भएको भन्दै श्रदाञ्जली दिएकी छिन।

पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

फुटबलमा जादुगर छवि बनाएका पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी समेत हुन् । उनले १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई जिताउँदा मुख्य भुमिका खेलेका थिए। पेलेलाई फिफाले सन् २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij