Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

विश्व कप लिग–२: आज नेपालले नामिबियाको सामना गर्दै


सारांश

विश्व कप लिग–२: आज नेपालले नामिबियाको सामना गर्दै
images

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले अफ्रिकी प्रतिद्वन्दी नामिबियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । 

आजबाट घरेलु मैदानमा हुने त्रिदेशी शृंखलामा नेपाल जितसहित सुखद सुरुआतको लक्ष्यमा छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको यो खेल हुनेछ ।

लिग–२ को पहिलो खलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ मा सहभागी आठ टिममध्ये अंक तालिकाको शीर्ष चारमा रहने टिम सोझै विश्वकप छनोटमा पुग्नेछन् । पुछारका चार टिमले प्लेअफ खेल्नुपर्नेछ ।

यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको प्रतियोगिताको शीर्ष चारमा रहँदै नेपालले सोझै जिम्बाब्वेमा भएको विश्वकप छनोट खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij