सारांश
काठमाडौं । नेपाल ए ले क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ ।
खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो ।
तेस्रो तथा अन्तिम अभ्यास खेल बिहीबार हुनेछ । त्यसपछि क्यानडा युएई जानेछ ।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज यूएईअघि क्यानडाले नेपालमा आएर तयारी गरेको हो । नेपालको सिनियर टोलीसँग तीन खेलको ओडीआई सिरिज समेत खेलेको थियो ।