Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रोनाल्डो साउदी क्लबमा अनुबन्ध


सारांश

रोनाल्डो साउदी क्लबमा अनुबन्ध
images

एजेन्सी / पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डो फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिकमा साउदी अरबको क्लब अल नासरमा अनुबन्ध भएका छन् । 

एक विवादास्पद अन्तर्वार्तापछि म्यानचेस्टर युनाइटेडबाट निकालिएका रोनाल्डोले अल नासरसँग २०२५ सम्मका लागि सम्झैता गरेका हुन् । रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक प्रतिवर्ष १७ करोड ७० लाख पाउन्ड भन्दा बढी रहेको बीबीसीले जनाएको छ ।

अल नासर साउदी प्रो लिगमा नौ पटकको च्याम्पियन क्लब हो । क्लबले रोनाल्डोसँगको सम्झौतालाई ‘ऐतिहासिक’ भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij