सारांश
काठमाडौं । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।
शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो ।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भन्डारी, विवेक यादव, अनिल साह, राशिद खान, सागर ढकाल, आरिफ सेख, अभिनाश बोहरा ।