Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

त्रिकोणात्मक टी-२० आई सिरिज: नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै


सारांश

त्रिकोणात्मक टी-२० आई सिरिज: नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
images

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । 

शृंखलामा नेपालको यो दोस्रो खेल हो । मंगबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल यसअघि नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सको भने जारी शृंखलामा यो पहिलो खेल हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो । जसमा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

आजको खेलपछि नेपालले फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij