Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेदरल्याण्डस् सँग नेपाल २ रनले पराजित


सारांश

नेदरल्याण्डस् सँग नेपाल २ रनले पराजित
images

काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सले नेपालविरुद्ध दुई रनको रोमाञ्चक जित निकालेको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो । 

मंगलबारदेखि सुरु भएको शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । नेपाल यसअघि पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सको भने यो शृंखलाको पहिलो खेल हो ।

 

नेपालले अब फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij