सारांश
काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशीय शृंखलाको उपाधिका लागि आज नेपालले नेदरल्यान्ड्सको चुनौतीको सामना गर्दै छ ।
तीन देश सहभागी शृंखलामा डच टिम लिग चरणबाट शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा आएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । फाइनलका लागि नेपाल क्रिकेट एसोसियसन (क्यान) ले १२ हजार टिकट खुला गरेको छ ।
यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।