सारांश
काठमाडौं । नेपालले १० वर्षपछि आइसिसी मेन्स टी-२० विश्वकप खेल्दैछ। गत कात्तिकमा भएको छनोटमार्फत नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने २०२४ आइसिसी मेन्स टी-२० विश्वकपमा स्थान बनाएको थियो।
मुलपानी मैदानमा युएईलाई सेमिफाइनलमा हराएसँगै नेपालले सन् २०१४ पछि विश्वकपमा स्थान पक्का गरेको थियो।
विश्वकपमा स्थान पक्का गरेसँगै नेपालले त्यसको तयारी थालिसकेको छ।
बुधबार राष्ट्रिय खेलकुद परिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बाचाअनुसार अर्थमन्त्रालयमबाट ५ करोड रुपैयाँ निकास भएको सार्वजनिक गरेको थियो।
सुरूमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले विश्वकप तयारीका लागि प्रस्ताव ल्याउन नेपाल क्रिकेट संघलाई भनेपछि क्यानले प्रस्ताव पेश गरेको थियो।
विश्वकप तयारीका लागि ५ करोडको प्रस्ताव पेश गर्दा सबै पास भएको खबर राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त भएको क्यानका सचिव पारस खड्काले बताए।
‘हामीले विश्वकपका लागि चार-पाँच महिनाको तयारीका लागि खर्च हुने बजेटको प्रपोजल पेश गरेका थियौं,’ खड्काले भने, ‘हाम्रो प्रपोजल सबै पास भएको खबर राष्ट्रिय खेलकुद परिषदबाट आएको छ।