Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

त्रिकोणात्मक टि-२० सिरिज आजबाट सुरू, पहिलो खेलमा हङकङसँग भिड्दै नेपाल


सारांश

त्रिकोणात्मक टि-२० सिरिज आजबाट सुरू, पहिलो खेलमा हङकङसँग भिड्दै नेपाल
images

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजका खेल आजबाट सुरू हुँदैछन् ।

 हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबार पहिलो खेल खेल्दैछ। पहिलो खेल नेपालले आइतबार हङकङसँग उसकै मैदानमा खेल्न लागेको हो।खेल ११ः१५ मा सुरु हुनेछ ।

यो सिरिज आइतबारदेखि बुधबारसम्म चल्नेछ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार हङकङ पुगिसकेको छ। यो सिरिजमा नेपाल आयोजक हङकङ र पीएनजी सहभागी छन्।

नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि टी-२० सिरिज आइतबारदेखि खेल्न लागेको हो।

सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij