Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

लण्डनमा नेपाली फिल्म फेस्टिभल हुने


सारांश

लण्डनमा नेपाली फिल्म फेस्टिभल हुने
images

काठमाडौं । बेलायतको राजधानी लण्डनमा जेठ २७ देखि असार १ गतेसम्म ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन-२०२४’ आयोजना हुने भएको छ ।

डायस्पोरामा नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले थर्ड आई लिमिटेडले कार्यक्रम गर्न लागेको हो । 

431265840_262407786952273_3480238236943459197_n.jpg

आयोजक संस्थाका अध्यक्ष विकास देवकोटाले कार्यक्रमले बेलायतमा नेपाली फिल्मको बजार विस्तारमा टेवा पुग्ने बताए । ‘हामी नेपाली परिवेश र मुलुकलाई चिनाउने फिल्म लण्डनमा देखाउने छौं । यसले नेपाली चलचित्र बजार विस्तारमा टेवा पुर्‍याउनेछ । नेपाली कला, संकृतिलाई पनि प्रवर्द्धन गर्नेछ,’ उनले भने ।

Nepali-Film-Festival-in-London.jpg

महोत्सवले चलचित्रको निर्माण शैली र ट्रेन्डबारे प्रवासी नेपाललाई जानकारी गराउने तथा नयाँ स्वाद बोकेकाचलचित्र प्रदर्शन गर्दा विदेशी बजार समेत बिस्तार हुने बताइएको छ ।

आयोजकले यो महोत्सवमा १० चलचित्र मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij