Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एनसेल बाह्रखरी गल्फ प्रतियोगिता पोखरामा सुरु


सारांश

एनसेल बाह्रखरी गल्फ  प्रतियोगिता पोखरामा सुरु
images

काठमाडौं । एनसेल बाह्रखरी गल्फ एन्ड वियोन्डअन्तर्गत कर्पोरेट गल्फ प्रतियोगिता सुरु भएको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगिता शुक्रबार (आज) बिहानबाट पोखराको हिमालयन गल्फ कोर्समा सुरु भएको हो । 

प्रतियोगितामा १३० जना गल्फरको सहभागिता रहनेछ । पहिलो दिन आज ६८ गल्फरले प्रतिस्पर्धा गर्दैछन् । जसमा चार महिला र ६४ पुरुष गल्फर छन् ।

६९ पारको १८ होलमा १२० पुरुष र १० महिला गल्फरले प्रतिष्पर्धामा भाग लिएका छन् । 

होल नम्बर चारमा एकै सटमा लक्ष्य प्राप्त गरे ‘होल इन वन’ पुरस्कारका रूपमा बीवाईडीको अट्टो थ्री गाडी पुरस्कार जित्नेछन् । 

शनिबारसम्म चल्ने प्रतियोगिताको पुरुष र महिलातर्फको विजेता र उपविजेता, बेष्ट ग्रस, सिनियर (६० वर्षमाथि)तर्फको विजेता, लंगेष्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मोस्ट बर्डी विधामा खेलाडीले पुरस्कार जित्नेछन् । प्रतियोगितामा प्रथम विजेताले सुनको बल प्राप्त गर्नेछन् । अन्य विजेताले पनि ट्रफी प्राप्त गर्नेछन् ।


 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij