Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेपाली सिनेमामा अनावश्यक ठाउँमा डाङडाङडुङडुङ हुन्छ, त्यो मन पर्दैन : केपी ओली


सारांश

नेपाली सिनेमामा अनावश्यक ठाउँमा डाङडाङडुङडुङ हुन्छ, त्यो मन पर्दैन : केपी ओली
images

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विषयप्रधान र अभिनयमा अब्बल हुनुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका उनले राम्रो विषय उठान गरेका र विश्वस्नीय अभिनय गरेका सिनेमा मात्रै आफूलाई मन पर्ने उनको भनाइ छ । 

“मलाई राम्रो विषय उठान गरेका र अभिनय गर्ने कलाकारले जे बनेर अभिनय गर्ने हो हुबहु त्यस्तै बनेर अभिनय गरेका चलचित्र मन पर्छ,” नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राजेश हमालसँग कुरा गर्दै केपी ओलीले भने, “किसान बनेर राजेश हमालले अभिनय गर्ने हो भने त्यसमा राजेश हमालजस्तो देखिनु भएन, किसान जस्तै भएर काम गर्नुपर्यो । नियालेर हेर्दा यो राजेश जस्तोजस्तो छ त भन्ने मात्रै हुनुपर्‍यो ।” 

नेपाली सिनेमामा अनावश्यक ठाउँमा अनावश्यक सिन हुने गरेको उनको टिप्पणी छ । कथा एकातिर छ तर सिन अर्कै आउने उनको गुनासो छ । “सिनेमाको कथा एउटा छ तर अनावश्यक ठाउँमा डाङडाङडुङडुङ हुन्छ,” केपी अगाडि थप्छन्, “त्यो मलाई मन पर्दैन । सिनेमा कथाप्रधान हुनुपर्छ ।”

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij