सारांश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्दर पर्यटकीय नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चैत्र ४ गते आइतबार (आज) पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले रिमोर्ट थिचेर पर्यटन समारोहको उद्घाटन गरी पोखरा पर्यटनको राजधानी लेखिएको लोगो अनावरण गर्नुको साथै पोखरा पर्यटनको राजधानी लेखिएको स्मृति स्तम्भको अनावरण पनि गरेका थिए ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिएको हो।फेवाताल किनारस्थित बाराहीघाटमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गरे।
पोखरा अब २४सै घन्टा खुला हुने भएको छ । जसअनुसार किराना, खाना, खाजा, पान पसललगायतलाई राति १ बजेसम्म खोल्न दिइनेछ । डान्सबार, दोहोरी, पप, डिस्कोलगायतलाई २४सै घन्टा खुल्नेछन्।