सारांश
काठमाडौं । पुष्प खड्का र अञ्जना बराइलीलाई शीर्ष भूमिकामा लिएर शंकर कार्कीले चलचित्र ‘सिड्नी ब्लुज’ निर्देशन गर्ने भएका छन् ।
हाल प्री प्रोडक्सनमा रहेको यो चलचित्रमा पुष्प र अञ्जनासँगै रवीन्द्र झा, शिव आर। ठकुरी लगायतको प्रमुख भूमिका रहने छ । शिवले यसै चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दै छन् ।
जुन २०२४ को पहिलो हप्ताबाट छायाङ्कनको लक्ष्य रहेको यस चलचित्रमा आफ्नो देशको सम्भावनालाई वास्ता नगरी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्की बताउँछन्। ‘अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो चलचित्र मार्फत भन्ने प्रयास गर्नेछु,’कार्की भन्छन्।
चलचित्रकी निर्माता आरती शाही हुन् भने तारा नेपाली कार्यकारी निर्माता र धर्म सुवेदी एशोसिएट निर्माता हुन् ।