Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आईसीसीका अध्यक्ष बार्क नेपालमा


सारांश

आईसीसीका अध्यक्ष बार्क नेपालमा
images

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताएका छन् ।  

सोमबार भारतको नयाँ दिल्लीबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए ।
 
तीन दिने भ्रमणका क्रममा उनले नेपाली क्रिकेटको संरचनाबारे पनि निरीक्षण गर्ने जानकारी दिए । उनले कीर्तिपुरस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्नेछन् ।  
यससँगै प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij