Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सन्तोष सेनप्रति दीपकको आक्रोश– सबैलाई सिध्याएर एक्लै राज गर्ने हो ?


सारांश

सन्तोष सेनप्रति दीपकको आक्रोश– सबैलाई सिध्याएर एक्लै राज गर्ने हो ?
images

काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले निर्माता तथा निर्देशक सन्तोष सेनप्रति आक्रोश व्यक्त गरेका छन् । सरोज खनालले ‘प्रेम गीत’ निर्माणको समयमा प्रदीप खड्काले हिरोको भूमिका निर्वाह गर्न सक्तैनन् होला अरुलाई ल्याउनु पर्छ भनेर सन्तोषले भन्दा उनलाई आफूले रोकेको बताएका थिए । सरोजको उक्त भनाइ आएपछि सन्तोषले आफूसँग ‘प्रेम गीत’ निर्माणको समयमा दोहोरो बोलचाल समेत नभएको भन्दै यस्तो कुरा गर्न सरोजजस्तो अग्रज कलाकारले नसुहाउने अभिव्यक्ति दिएका थिए । सन्तोषले सरोजलाई कलाकारहरुमा अमेरिकामा भागेर बस्ने ट्रेन्ड बसाउने नायक भनेर टिप्पणी गरेका थिए । 

सोही विषयमा दीपकको पछिल्लो प्रतिक्रिया आएको हो । दीपकले भुवन केसी, अनमोल केसी, झरना थापा र आफूसँगै अब सरोजलगायत अन्य कलाकारलाई पनि सन्तोषले गाली गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

saroj _ Santosh1663659651.jpg
undefined

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij