Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल’ काठमाडौँमा जारी


सारांश

‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल’ काठमाडौँमा जारी
images

काठमाडौं । नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गरेको १३औँ ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ काठमाडौँमा जारी छ ।

 
शनिबारसम्म सीटीसी मलस्थित सिने द सेफ हलमा चल्ने फेष्टिभल ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष ः सांस्कृतिक विविधताको उत्सव’ मूल नारा सहित आयोजना भएको हो ।
 
महोत्सवमा उद्घाटनमा मार्टीन म्याकडोनाग निर्देशित विभिन्न अवाड उद्घाटनको दिन ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र ‘डाय ड्रिम्स’ प्रदर्शन भएको थियो ।
 
फेस्टिभल अवधिभर ९ युरोपियन चलचित्र र ११ नेपाली लघु चलचित्र प्रदर्शन हुनेछन् ।
 
महोत्सव अप्रिल १० र ११ गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा चलचित्र प्रदर्शन हुनेछन् । यसैगरी महोत्सवको अर्को गन्तव्य लुम्बिनी प्रदेशको नेपालगञ्ज हुनेछ । जहाँ अप्रिल १५ मा चलचित्र प्रदर्शन हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा १९ र २० अप्रिलमा चलचित्र महोत्सव हुनेछ ।
 

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij