Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

हैदराबादविरुद्ध कोलकाताको रोमाञ्चक जित


सारांश

हैदराबादविरुद्ध कोलकाताको रोमाञ्चक जित
images

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदराबादविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ ।

शनिबार राति इडेन गार्डेनमा सम्पन्न खेलमा कोलाकाताले अन्तिम ओभरमा १३ रन रक्षा गरेपछि चार रनको रोमाञ्चक जितसहित विजयी सुरुआत गरेको हो । कोलकाताले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनमात्र बनाउन सक्यो ।

प्रतियोगिताको १७औँ संस्करण जितसहित सुरुआत गरेको कोलकाता दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । अंकविहीन हैदराबाद भने तालिकाको चौथो स्थानमा छ ।

शनिबार नै भएको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध चार विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो ।

प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, दोस्रो खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij