Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

डिशहोम फाइबरनेटको 'क्याच द बिग अफर' : कम मूल्यमा उत्कृष्ट सेवा


सारांश

डिशहोम फाइबरनेटको 'क्याच द बिग अफर' :  कम मूल्यमा उत्कृष्ट सेवा
images

काठमाडौं । डिशहोम फाइबरनेटले ग्राउन्ड ब्रेकिङ 'क्याच द बिग अफर' सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकले कम मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्नेछन् ।

१०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र सात हजार ५२२ मा ग्राहकहरूले १२ महिनाका लागि प्राप्त गर्न सक्छन् ।  त्यस्तै, २०० एमबीपीएस प्याकेजको मूल्य मात्र सात हजार ७८८ रूपैयाँमा उही अवधिका लागि रहेको छ । अझ छिटो गति खोज्नेहरूले मात्र नौ हजार ९१२ मा १२ महिनाकै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्नेछन् ।

डिशहोम फाइबरनेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ–जी राउटर पनि प्रदान गर्दै छ ।

यस अफरको घोषणा नेपाल र आयरल्यान्ड वुल्भ्स बीचको उद्घाटन खेलसँगै कम्पनीले गरेको हो । बजेट–अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने डिशहोम फाइबरनेटको प्रतिबद्धतालाई संकेत गरेको छ । यो गज्जबको अफर प्राप्त गर्न, इच्छुक व्यक्तिहरूले आफ्नो नजिकको डिशहोम फाइबरनेट डिलर दाइ कहाँ जानुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij