सारांश
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट टिमले एसिया कप खेल्ने विश्वास व्यक्त गरेका छन् ।
भारतका दुई राज्य टिमसँगको फ्रेन्डसिप कप खेल्न जाने टोलीको बिदाइ कार्यक्रममा बिहीबार पारसले नेपालले विगतजस्तै आउँदो वर्ष हुने एसिया कप खेल्ने विश्वास व्यक्त गरेका हुन् ।
“नेपाल भारत भ्रमणपछि एसीसी प्रिमियर कपका लागि जानेछ । त्यो प्रतियोगिता जित्ने टिमले एसिया कप खेल्नेछ,” बिदाइ कार्यक्रममा सचिव खड्काले भने, “नेपालले गत वर्ष ५० ओभरको एसिया कप खेलेको थियो । हामी विश्वास्त छौँ, हाम्रो टिम यसपालि पनि ओमानमा गएर एसिया कपका लागि छनोट हुनेछ । माननीय मन्त्रीज्यूको सकारात्मक प्रतिक्रियाले नेपाली क्रिकेट मात्र नभई नेपाली खेलकुद क्षेत्र नै उत्साहित भएका छौँ । नेपाली खेलकुदले फड्को मार्नेछ भन्ने आशा गर्दछौँ ।”