सारांश
काठमाडौं । लोकप्रिय निर्देशक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेपालका उपाध्यक्ष ऋषि लामिछानेलाई पितृशोक परेको छ।
लामिछानेका बुवा रोमहर्ष उपाध्यायको शनिबार राति निधन भएको हो। उपाध्यायको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको निर्देशक लामिछानेले जानकारी गराएका छन्।
९० वर्षीय उपाध्याय केही समयदेखि अस्वस्थ थिए। उपाध्यायका ऋषिसहति पाँच छोरा छन्। निर्देशक लामिछाने साहिँला छोरा हुन्। उपाध्यायको आइतबार राप्ती नदीको घाटमा अन्त्येष्टि गरिएको छ।