Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सी डिभिजन लिग बिहीबारदेखि सुरु


सारांश

सी डिभिजन लिग बिहीबारदेखि सुरु
images

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा हुने शहीद स्मारक सी डिभिजन लिगको तयारी पूरा भएको छ ।

एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सुरु हुने सी डिभजन लिगको तयारी पूरा भएको जानकारी गराएको हो ।

एन्फाले सी डिभिजन लिग करिब तीन महिना चल्ने जनाएको छ । सिंगल राउण्ड रोविनका आधारमा हुने लिगका कूल ९१ खेल हुनेछन् ।

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । आवश्यक परेमा भने च्यासल रंगशाला र दशरथ रंगशालमा पनि सी डिभिजन लिगका खेलहरु खेलाउने सकिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधि सहित नगद १० लाख हात पार्नेछन् । उपविजेताले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी ‘फेयर प्ले’ खेल्ने टोलीले ५० हजार पाउनेछन् ।

सर्वोकृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान ३५ हजार प्राप्त गर्नेछन् भने हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले ५ हजार पाउनेछन् ।

सबै खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

तर, आवश्यक परे च्यासलस्थित च्यासल रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने एन्फाले जनाएको छ ।

प्रतियोगितामाको यस संस्करणमा वाग्मती युवा क्लब, आरसी ३२ फुटबल एकेडेमी, सानेपा क्लब, रानीबन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सिखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्यवम्भु क्लब, समाज कल्याण स्पोर्ट्स सेन्टर, सामाजिक युथ क्लब, महावीर क्लब र खालीबारी युवा क्लबको सहभागिता छ ।

सी डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पहिलोपटक उपत्यका बाहिरका पाँचवटा टिमले सहभागिता जनाउँदै छन् ।

एन्फाले प्रतियोगिताको लागि मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडीएमसी स्पोर्ट्सलाई प्रदान गरेको छ । प्रतियोगिताको टिकट दर सामान्य प्यारापिटतर्फ १०० र भीआईपी पारापिटतर्फ २०० रुपैयाँ तय गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण प्राइम एचडी च्यानलबाट हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij