Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आयरल्यान्डविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल ‘ए’


सारांश

आयरल्यान्डविरुद्ध एक दिवसीय सिरिजको दोस्रो खेल खेल्दै नेपाल ‘ए’
images

काठमाडौं । ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो एकदिवसीय खेलका लागि आज मैदान उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । 

यसअघि घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्सले २१ रनले पराजित भएको थियो । यसैकारण नेपाल आज जितसहित शृंखला बराबरी गर्ने लक्ष्यमा हुनेछ । 

त्यसअघि वुल्भ्सले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । 

आजको खेलपछि शृंखलाको अन्तिम खेल आइतबार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij