Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

मछिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि


सारांश

मछिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि
images

काठमाडौं । आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको मछिन्द्र फुटबल क्लबले उपाधि जितेको छ ।

शनिबार राति विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो ।

प्रतियोगिताअन्तर्गत शनिवार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्रका छिरिङ गुरुङ र हिसुब थपलियाले गोल गरेका हुन् । उपाधिसँगै मछिन्द्र क्लबले ११ लाख र साङ्ग्रिलाले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपाल, भारत र भुटानका एक–एक र घरेलु आठसहित १० टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij