Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

डिशहोमको एक वर्षको रिचार्जमा थप १२ महिना निःशुल्क


सारांश

डिशहोमको एक वर्षको रिचार्जमा थप १२ महिना निःशुल्क
images

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुआतसँगै डिशहोमले मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरून्तै ‘लक्की ड्र’मार्फत् एक महिनादेखि १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्।

डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकले तीन हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै बेसिक प्लसको तीन हजार ५०० रुपैयाँ र प्रिमियम लाइफस्टाइलको चार हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ । 

ग्राहकले नजिकैको डिलरमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत् रिचार्ज गर्न सक्नेछन् । 
देशभर रहेका डिशहोमका डिलर, सव डिलर तथा विक्रेतामार्फत् ग्राहकले फन ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij