Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सबैभन्दा धेरै कमाउने चलचित्र बन्यो ‘महाजात्रा’


सारांश

सबैभन्दा धेरै कमाउने चलचित्र बन्यो ‘महाजात्रा’
images

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’ नेपालबाहिर सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको छ ।

प्रदर्शनको चौथो हप्तामा प्रवेश गर्दा नै यो चलचित्रले नेपालबाहिर सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड बनाएको षट्कोण आर्टसले जनाएको छ । 

चार हप्तामा यो चलचित्रले नेपालमा १५ करोड ९० लाख ग्रसकलेक्सन गरेको छ । नेपालमा र विदेशमा गरेर जम्मा २६ करोड ६५ लाख कलेक्सन गरेको निर्माता म्याक्सले जानकारी दिए । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा वीपन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य र वर्षा राउत मुख्य भूमिकामा छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij