Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

५ करोड भारु कागजको खोस्टा


सारांश

५ करोड भारु कागजको खोस्टा
images
 
 

काठमाडौं । भारत सरकारले लागू गरेको नोटबन्दीको कारण नेपालमा रहेको ५ करोड भारतीय रुपैयाँ कागजको खोस्टामा परिणत हुने भएको छ ।

सोमबार भारतीय सर्वोच्च अदालतले सन् २०१६ मा नै केन्द्रीय सरकारले घोषणा गरेको ५०० दरका र १००० दरका भारु नोटबन्दीको निर्णय सदर गरिदिएको छ । योसँगै नेपाल रहेको सो दरका करिब ५ करोड भारु बराबरको नोट खोस्टा बराबर बन्ने खतरा बढेको हो ।

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार नेपालको बैंकिङ च्यानलमा हाल अर्थात् ५ करोड ६ लाख २५ हजार ५०० रुपियाँ बराबरको भारु रहेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij