Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कप्तान रोहित पौडेलको शतकमा वेस्ट इण्डिजविरूद्ध नेपालको सानदार जित


सारांश

कप्तान रोहित पौडेलको शतकमा वेस्ट इण्डिजविरूद्ध नेपालको सानदार जित
images

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकप्रेरित नेपालले वेस्ट इन्डिज ‘ए’सँगको पहिलो ट्वान्टी–२० खेलमा चार विकेटको जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

कप्तान रोहितले ११२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । ८२–३ को अवस्थाबाट रोहितले चौथो विकेटका निम्ति दीपेन्द्रसिंह ऐरीसँग ६४ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । दीपेन्द्रले १८ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे ।

१२–१ को अवस्थामा ब्याटिङका लागि आएका रोहित आउट हुँदा नेपालको स्कोर १९२ रन थियो ।

ओपनर कुशल भुर्तेल र कुशल मल्लले समान १६ रन थपे । विवेक यादवले सात र अर्का ओपनर अनिल साहले पाँच रन बनाए । नेपालको जितसम्म अविजित रहेका गुल्सन झाले नौ र प्रतिश जिसीले पाँच रनको योगदान गरे ।

वेस्ट इन्डिजका म्याथ्यु फोर्डे र ओबेड म्याकोयीले समान दुई विकेट लिए । किमो पाउलले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले कप्तान रोस्टन चेजको अर्धशतकमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०४ रन बनाएको थियो ।

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij