Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एरिका गुरुङ भन्छिन्- मैले स्वर्ण गुमाएकी रैछु


सारांश

एरिका गुरुङ भन्छिन्- मैले स्वर्ण गुमाएकी रैछु
images

काठमाडौं । सात महिनाअघि एसियाली खेलकुद (एसियाड) को १९औँ संस्करणमा देशका लागि ऐतिहासिक रजत पदक जितेकी कराँते खेलाडी एरिका गुरुङले महिला कुमुते (६८ केजीभन्दा माथिको तौलसमूह)मा रजत पदक जितेकी थिइन् ।  

त्यतिबेला रजत जितेको उनको खुसीलाई स्वर्ण गुमाएको दुःखले छोपेको रहेछ । ‘पहिलो सहभागितामै एसियाडजस्तो ठुलो प्रतियोगितामा रजत जित्दा खुसी पनि लाग्यो । स्वर्णको अत्यन्तै नजिक पुगेर चुक्दा रुन पनि मन लाथ्यो,’ एरिका आफ्नो अवस्था सुनाउँछिन्, ‘साँच्चै भन्दा मेरो मनस्थिति दोधारे अवस्थामा थियो । फाइनलमा हार्ने सबै खेलाडीलाई सायद यस्तै हुँदो हो !’

इन्डोनेसियामा पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जितेकाले पनि उनका लागि एसियाडको रजत पदक सामान्य थियो । रजत जितेपछि उनलाई खेल पदाधिकारी, प्रशिक्षक र सहकर्मीले बधाई दिए, उनले सहज रूपमा लिइन् । सामाजिक सञ्जालबाट पनि उनलाई बधाईको ओइरो लाग्यो । त्यसअघिका प्रतियोगितामा पदक जित्दा यसरी बधाई आइरहन्थ्यो, त्यसैले यसलाई उनले सामान्य रूपमा लिएकी थिइन् ।

चीनबाट स्वदेश फर्कंदा विमानस्थलमा उनले नसोचेको दृश्य देखिन् । उनीहरूको स्वागतका लागि समर्थक र सिङ्गो नेपाली खेलकुद विमानस्थलमा पुगेको थियो । ‘बाजागाजा, फूलमाला, सिँगारिएका गाडीहरू देख्दा अचम्म लाग्यो,’ उनी भन्छिन्, ‘कुनै उत्सवभन्दा कम थिएन । त्यसपछि मात्र मैले त्यो पदकको महत्त्व बुझेँ ।’ 

अनौठो महसुस गरेकी एरिकाले साथमै रहेका कराँते प्रशिक्षक कुशल श्रेष्ठलाई भनिछन्— गुरु ! मैले एसियाली खेलकुदमा रजत जितेको होइन रैछ, बरु मैले स्वर्ण पदक गुमाएकी रैछु ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij