Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

वेस्ट इण्डिज ए विरूद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी


सारांश

वेस्ट इण्डिज ए विरूद्धको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी
images

काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ले प्रस्तुत गरेको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

जितका बाबजुद नेपालले शृंखला गुमाएको छ । पाँच खेलको शृंखलामा वेस्ट इन्डिज ३–२ ले च्याम्पियन बनेको हो ।

अन्तिम खेलमा नेपालका अनिल साहले सर्वाधिक ५८ रन बनाए । उनले ४५ बलमा समान चार चौका र चार छक्का प्रहार गरे । १३–१ को अवस्थामा ब्याटिङका निम्ति आएका अनिलले ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए ।

आसिफले ३५ बलमा दुई चौका र पाँच छक्कासहित ५१ रन जोडे । कुशल मल्लले १८ बलमा तीन चौका र तीन छक्कासहित ३७ रन बनाए । कुशल भुर्तेलल १३ र दीपेन्द्रसिंह ऐरी पाँच रन बनाएर आउट भए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो ।

शृंखलाका यसअघि चारमध्ये तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज प्रतियोगिताको च्याम्पियन बनेको हो। पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । त्यसपछि वेस्ट इन्डिजले १०, ७६ र २८ रनको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij