सारांश
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी-२० लिगको व्यापारिक तथा रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्ध गर्ने बताएका छन् ।
प्रतियोगिताका दौरान जिम्मेबार व्यक्ति भागेर भारत पुगेको र अनेक बहानाबाजी गरेकामा आक्रोशित देखिएका अध्यक्ष चन्दले बुधबार सम्झौता खारेज गर्न कानूनी प्रक्रिया सुरु गर्ने बताएका हुन् ।
नेपाल टी–२० लिग सञ्चालन सम्झौताबारे उनले भने, ‘अर्को पक्ष भागिसकेपछि सम्झौता त रद्ध भइहाल्छ । नियतमै खोट रहेछ यसमा केही सोच्नुपर्दैन ।’
सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया सोमबार भारत गएका थिए । भारतबाट सुरक्षा चुनौतीका कारण नेपाल बस्न नसकेको भन्दै बहानाबाजी गरेको चन्दको आरोप छ ।