सारांश
काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने भएको छ ।
प्रतियोगिता भोलिदेखि जेठ ९ गतेसम्म हुँदै छ ।
उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्सन स्पोट्र्स एचडी वान च्यानलबाट गर्नेे भएको हो । उक्त सम्झौतामा प्याराडाइम ग्रुपकोतर्फबाट सिसन बानियाँ र डिस मिडिया नेटवर्कको तर्फबाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका छन् ।
प्रतियोगितामा प्लस टू र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ टिमको सहभागिता रहनेछ ।