सारांश
काठमाडौं । मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले उद्योग मन्त्रालयसँगको सहकार्यमा करिब तीन वर्षअघिदेखि ‘मेक इन नेपाल ः स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ ।
यो अभियानको मुख्य दुई उद्देश्य छ । पहिलो, नेपालमा उत्पादन र नेपाली वस्तुको उपभोग बढाउने । दोस्रो, नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाएर विश्वबजारमा पुर्याउने ।
तेस्रो संस्करणका दौरान भएका सघन छलफलका आधारमा सबल र आत्मनिर्भर अर्थतन्त्रतर्फ लम्कनका निम्ति ३५ बुँदे घोषणापत्र अर्थमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरिएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थमन्त्री पुनलाई घोषणापत्र हस्तान्तरण गरेका हुन् ।